Friday, 25 April, 2025 4:49 AM
Friday, 25 April, 2025 4:49 AM

अस्त्र इभेन्ट्स द्वारा आयोजित यड्रिन प्रधानको विशेष सांगीतिक कार्यक्रम स्कारबोरोमा हुने

स्कारबोरो, क्यानाडा

नेपाली नयाँ वर्ष २०८२ को मौकामा अस्त्र इभेन्ट्सले नेपालीहरू माझ ल्याएको छ नेपालको चर्चित गायक यड्रिन प्रधानको लाइभ प्रस्तुति। नेपाली नयाँ वर्षको पूर्व सन्ध्या अप्रिल १३ मा आयोजना हुन लागेको यो सांगीतिक साँझलाई क्यानाडामा बसोबास गर्ने नेपालीहरू माझ अविस्मरणीय र रमाइलो बनाउन अस्त्र इभेन्ट्सले तयारी गरिरहेको छ।

यो कार्यक्रम अप्रिल १३, २०२५ मा साँझ ७ बजेदेखि JC’s Banquet, १६८६ एल्समेरे रोड, स्कारबोरो, ओन्टारियोमा आयोजना हुनेछ। कार्यक्रमको उद्देश्य संगीत मार्फत नेपाली समाजलाई एक साथ जोड्नु लगायत खुसी साथ नयाँ वर्षलाई स्वागत गर्नु हो।

कार्यक्रममा सहभागी हुनका निम्ति दुई तरिकाको टिकटको व्यवस्था गरिएको छन् सामान्य टिकट र स्काई VIP टिकट। यस कार्यक्रमबाट दर्शकहरूका लागि एक क्यानाडेली भूमिमा  अद्भुत र सुनौलो सांगीतिक स्वादको अनुभव हुने अपेक्षा छ।

सुरज चौधरी

सम्बन्धित खबर

Scroll to Top