Thursday, 24 April, 2025 4:42 PM
Thursday, 24 April, 2025 4:42 PM

क्याटी पेरीसहित अन्तरिक्षमा पाइला चाल्न तयार ६ जना महिला टोली

जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले “न्यू शेपर्ड” रकेटमार्फत ६ जना महिलाको समूहलाई अप्रिल १४ मा अन्तरिक्षमा पठाउन तयारी गरेको छ। उक्त समूहमा पपगायिका क्याटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, नासाकी पूर्व रकेट वैज्ञानिक आइशा बोवे, र चलचित्र निर्मात्री क्यारियन फ्लिन समावेश छन्। छैटौं महिला लरेन सान्चेज, जो जेफ बेजोसकी मङ्गेतर समेत हुन्, उक्त समूहको नेतृत्व गर्नेछिन्।

जानकारी अनुसार, यो यात्रा सञ्चालन गरिने अन्तरिक्ष यान पूर्ण रूपमा स्वचालित  रहेकोले यसमा कुनै पाइलटको आवश्यकता पर्दैन। करिब ११ मिनेटको यो यात्रा हुनेछ, जसमा महिला टोलीले अन्तरिक्षबाट पृथ्वीको दृश्यको अनुभव गर्नेछिन्। स्थानीय समयअनुसार “न्यू शेपर्ड” रकेट बिहान ८:३० बजे टेक्सासस्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिनेछ।यो ११ मिनेटको यात्रामा करिब ७ मिनेट रकेटमा यात्रा हुनेछ, जहाँ अन्तरिक्ष यान पृथ्वीको कार्मन रेखा माथि पुगेर पुनः फर्किनेछ।

उनीहरूले कार्मन रेखा नाघेपछि केही मिनेटका लागि गुरुत्वाकर्षणको प्रभावबाट मुक्त भएर तौलहीनताको अद्भुत अनुभव गर्नेछन्।समुद्री सतहदेखि १०० किलोमिटर माथि रहेको यो काल्पनिक सीमालाई कार्मन रेखा भनिन्छ। यसलाई पृथ्वी र अन्तरिक्षको सिमाना मानिन्छ, जुन वायुमण्डलको अन्त्य र अन्तरिक्षको सुरुवातको रूपमा परिभाषित गरिएको छ। यसलाई  फेडेरेसन अफ एरोनटिक इन्टरनेसनलले निर्धारण ले निर्धारण गरेको हो।

यो यात्रा अन्तरिक्ष पर्यटनको नयाँ सम्भावना प्रस्तुत गर्नुका साथै महिला सशक्तीकरणको एक प्रेरणादायी उदाहरणको रूपमा लिइन सक्छ।

फोटो : क्याटी पेरीको फेसबुक पेजबाट

सम्बन्धित खबर

Scroll to Top