Thursday, 24 April, 2025 2:27 PM
Thursday, 24 April, 2025 2:27 PM

क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कर्नी

क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कर्नी

टोरन्टो, क्यानाडा – पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै लिबरल पार्टीका नेता मार्क कर्नी क्यानडाका नयाँ प्रधानमन्त्री बनेका छन्। उनले क्यानडाका दुई आधिकारिक भाषा—अंग्रेजी र फ्रेन्चमा शपथ लिएका छन्। लिबरल पार्टीको नेताका रूपमा उनले कुल १,३१,६७४ मत प्राप्त गरेका थिए, जसका कारण उनी ८५.९ प्रतिशत मतसहित निर्वाचित भएका हुन्।

मार्क कर्नी क्यानडाका एक अनुभवी अर्थशास्त्री तथा प्रशासक हुन्। उनले बेलायतको बैंक अफ इंग्ल्याण्डका गभर्नरका रूपमा काम गरिसकेका छन्। कर्नीलाई एक कुशल नेतृत्वकर्ता मानिन्छ, जसले आर्थिक तथा वित्तीय क्षेत्रमा गहिरो ज्ञान राख्छन्।

उनको नेतृत्वमा लिबरल पार्टीले आगामी दिनमा क्यानडालाई आर्थिक तथा सामाजिक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। नयाँ सरकार गठनसँगै कर्नीले विभिन्न नीतिगत सुधार ल्याउने तयारी गरिरहेका छन्। अब हेर्न बाँकी छ, कर्नीको सरकारले क्यानडालाई कसरी अघि बढाउँछ र उनले नागरिकका लागि के-कस्ता नयाँ नीतिहरू ल्याउँछन्।

Picture Credit : Mark-Carney-Fb-Profile

सम्बन्धित खबर

Scroll to Top