Thursday, 5 March, 2026 7:54 PM
Thursday, 5 March, 2026 7:54 PM

क्यानाडाको टोरन्टोमा भव्यताका साथ १७औं हिमालयन मेला सम्पन्न

टोरन्टो — क्यानाडामा आयोजित १७औं हिमालयन मेला  भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रममा नेपालको महामहिम राजदूत भरत राज पौड्याल मुख्य अतिथि रहनुभएको थियो। प्रिमियर डग फोर्ड, टोरन्टो मेयर ओलिभिया चौ र सांसद सोनिया सिधुले बधाई सन्देशमार्फत नेपाली समुदायप्रति शुभकामना व्यक्त गरेका थिए।

एनआरएन क्यानाडाका अध्यक्ष जगन सापकोटा, कार्यक्रममा ग्लोबल एनआरएनएका सह-कोषाध्यक्ष अभिमन्यु बस्नेत, ओन्टारियो प्रान्तीय संसद सदस्य डोली बेगम, टोरन्टो सिटी काउन्सिलर पार्थी कन्देवल लगायतका व्यक्तिहरूको उपस्थिति थियो ।

NCCS की अध्यक्ष बीना बर्माले स्वागत मन्तव्यद्वारा कार्यक्रमको औपचारिक सुरुवात गर्नु भयो भने NCCS का सभापति डा. थाम नाथ अधिकारीको अध्यक्षता कार्यक्रम सञ्चालन गरियो।

विशेष अतिथि कलाकारहरू हरि कर्माचार्य र अन्जना गुरुङले सांगीतिक प्रस्तुतीमार्फत कार्यक्रमलाई थप रंगीन बनाएका थिए। १७ वटा सांस्कृतिक प्रस्तुतिहरू र ३ वटा ब्यान्डहरूले बेजोड संगीत प्रस्तुत गरे। साथै, १५ भन्दा बढी संघसंस्थाहरूले सांस्कृतिक पोशाकमा सहभागी भएर सामुदायिक परेडमा भाग लिएर सांस्कृतिक विविधता झल्काएका थिए।

विशेष गरी NCCS का महासचिव सुदर्शन सापकोटाले प्रतिष्ठित पहिलो ‘प्रेसिडेन्ट अवार्ड’ प्राप्त गरेर समुदायमा आफ्ना समर्पण, नेतृत्व र प्रेरणादायी योगदानको गहिरो प्रभाव छोड्नुभएको छ।

हिमालयन मेला केवल सांस्कृतिक उत्सव मात्र नभई नेपाली समुदायको क्यानाडाको बहुसांस्कृतिक समाजमा साझा पहिचान स्थापित गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विस्वास लिइएको छ ।

मेलाको सफलता निरन्तरता सुनिश्चित गर्न NCCS ले आगामी वर्षहरूमा अझ प्रभावकारी योजना, सहयोगी समन्वय र व्यापक समुदाय सहभागितामा जोड दिने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमको औपचारिक खण्डको सञ्चालन NCCS का महासचिव सुदर्शन सापकोटा र स्वीकृति घिमिरेले सम्हालेका थिए। यसैगरी, सांस्कृतिक कार्यक्रम खण्डका लागि बिधान कार्की, सृष्टि श्रेष्ठ, एरिका कार्की र देवेन्द्र अधिकारी एमसीका रूपमा सञ्चालन गरेका थिए ।

Picture Credit : Ram K Moktan (मार्फत organizer NCCS)

सम्बन्धित खबर

Scroll to Top