Saturday, 14 June, 2025 7:26 AM
Saturday, 14 June, 2025 7:26 AM

टोरन्टोमा २० वर्षदेखि निरन्तर बार्बेक्यु कार्यक्रम, एनसीसीएस क्यानडाद्वारा जुलाई १ मा वुडबाइन बिचमा आयोजना हुँदै

टोरन्टो, क्यानडा

नेपालिज क्यानाडियन कम्युनिटी सर्भिस (NCCS Canada) ले आउँदो जुलाई १, क्यानडा डे को अवसरमा वुडबाइन बिच मा विशेष बार्बेक्यु (BBQ) कार्यक्रमको आयोजना गर्ने भएको छ।

यो कार्यक्रम गत २० वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको एनसीसीएसको एक महत्वपूर्ण परम्परागत कार्यक्रम हो, जसले नेपाली समुदायबीच आपसी सम्बन्ध, सौहार्द, र एकता प्रवर्द्धन गर्दै आएको छ। क्यानडाको राष्ट्रिय दिवसको उत्सवसँगै प्रवासी नेपाली समुदायबीच मेलमिलाप, रमाइलो र सहभोजको वातावरण सिर्जना गर्न यो कार्यक्रम विशेष बनाइएको छ।

कार्यक्रममा नेपाली परिकारहरूसहितको स्वादिलो बार्बेक्यु, बालबालिकाका लागि खेलकुद, समुदायका लागि अन्तरक्रिया र रमाइलो सांस्कृतिक गतिविधिहरू रहनेछ। यस कार्यक्रममा सयौं नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
एनसीसीएस क्यानडाका महासचिव सुदर्शन सापकोटाले भने, “यो कार्यक्रम नेपाली समुदायका सदस्यहरूलाई वर्षको एकदिन खुलेर भेटघाट गर्ने, रमाउने र आत्मीयता साटासाट गर्ने प्लेटफर्म हो। सबैलाई हामी हार्दिक आमन्त्रण गर्दछौं।”

कार्यक्रम दीउस १ बजेबाट सुरु हुने र साझ ८ बजे सम्म चल्नेछ। इच्छुक सबै नेपाली परिवारहरूलाई यस उत्सवमा सहभागिता जनाउन एनसीसीएस क्यानडाले आग्रह गरेको छ।

Picture credit : NCCS

सम्बन्धित खबर

Scroll to Top