टोरोन्टो, क्यानाडा
धेरै लामो समयसम्म मानार्थ नेपाली महावाणिज्यदूत को रुपमा कार्यरत डा. कुन्जरमणि शर्मा को जुन १९ बिहीबार राति ८८ वर्षको उमेरमा निधन भएको समाचार छ । वहा लामो समयसम्म महावाणिज्यदूत को रुपमा कार्यरत रहनु भएको र केहि महिना अगाडि मात्र उक्त पदबाट राजिनामा दिनुभएको थियो । Dr. Kunjar Sharma & Associates (120 Eglinton Ave E, Toronto) लामो समयसम्म संचालन गरेर एक सफल व्यवसायी को रुपमा आफुलाई चिनाउन सफल स्व. शर्मा, परेको समयमा सहयोग गर्ने नेपाली कम्युनिटिका एक सच्चा मित्र थिए भन्ने कुरामा दुई मत नहोला ।
क्यानडामा १९८० को दशक बाट यहाको जीवन यात्रा सुरु गर्ने नेपाली मूलका क्यानाडेलीका रूपमा वहाले नेपाली समुदायमा एक संरक्षकको रुपमा योगदान दिनुभयो। वहा केवल एक नेता मात्र होइन, समुदायका सहयोगी हुनुहुन्थ्यो, क्यानडालाई बहुसांस्कृतिक राष्ट्र बनाउने यात्रामा लागेका सोसियल एक्टिभिस्ट पनि हुनु हुन्थ्यो ANA (Association of Nepalis in the Americas) का अध्यक्ष समेत रहनु भएका स्व. शर्मा गैर आवासीय नेपाली संघ (NRNA-ICC) को सुरुवात देखिनै मार्ग दर्शकको रुपमा रहदै आउनु भयेको थियो ।
COVID-19 महामारीका बेला NRNA-Canada लाई वहाबाट प्राप्त रकम, ब्र्याम्पटन र स्कारबरोका नेपाली मन्दिर Nepalese Canadian Heritage Centre (NCHC) र Pashupatinath Nepalese Canadian Culture Centre (PNCCC) लाई वहाको निरन्तर सहयोग संझन लाएक केहि उदाहरणहरु हुन् भने, उलेखनिय कुरा के छ भने उनि भर्जिनिया, अमेरिकाको पशुपति मन्दिर समेतका सस्थापक हुन् । यसरी उनले धर्म र सस्कृतिलाई सधैनै सिरोधार्य गरेको पाइन्छ ।
क्यानाडामा बसेका नेपाली समुदायले सधै उनको अभाव महसुस गर्ने छन् । नेपाल कान्ति टेलिभिजन परिवार स्वर्गिय डा. कुन्जरमणि शर्मा प्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै सोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौ ।











