Friday, 25 April, 2025 2:31 PM
Friday, 25 April, 2025 2:31 PM

नेपाली मूलका विजय पौडेल क्यानाडाको संघीय सांसदको उम्मेदवार – इतिहास रच्ने अवसर

मिसिसागा, क्यानडा

क्यानाडाको ओन्टारियो प्रान्तस्थित हम्बर रिभर – ब्ल्याक क्रिक क्षेत्रबाट नेपाली मूलका विजय पौडेल संघीय सांसदको लागि अप्रिल २८, २०२५ मा हुनलागेको निर्वाचनमा कन्जरभेटिभ पार्टीका आधिकारिक उम्मेदवार चयन भएका छन्। उनले सन् २०२१ मा पनि उम्मेदवारी दिएका थिए तर उनलाई यो अवसर प्राप्त हुन सकेको थिएन ।

क्यानाडाको संघीय संसद (हाउस अफ कमन्स)

क्यानाडाको हाउस अफ कमन्समा ३४३ सिटहरू छन्। जो व्यक्तिले सबैभन्दा धेरै मत जित्छ, उनी आफ्नो निर्वाचन क्षेत्रका लागि सांसद (MP) बन्छन् र अर्को चुनावसम्म त्यो सिट रहन्छ। संविधानअनुसार, संघीय कानुन निर्माण र पारित गर्ने प्रमुख निकाय यही संसद हो ।

राजनीतिक यात्रा योगदान

नेपालको जिल्लामा बर्दियामा जन्मिएका पौडेल क्यानाडाको मूलधारको राजनीतिमा लामो समयदेखि सक्रिय छन्। विगत १५ वर्षदेखि क्यानाडामा रहँदै आएका उनी व्यवसायी मात्र नभई क्यानाडा-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुन्। उनले नेपाली समुदायमा ‘सगरमाथा पार्क’ नामकरणमा महत्वपूर्ण भूमिका खेलेका छन् र अन्य सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् ।

इतिहास रच्ने अवसर

यदि आगामी संसदीय निर्वाचनमा विजयी भए, पौडेल क्यानाडाको संघीय संसदमा निर्वाचित हुने पहिलो नेपाली मूलका सांसदका रूपमा इतिहास रच्नेछन् ।

पुरस्कार मान्यता

कोभिड महामारीको समयमा महत्वपूर्ण योगदान गरेबापत क्यानाडाको प्रान्तीय सरकारले उनलाई ‘रेस्पोन्सिबल सिटिजन अवार्ड’ प्रदान गरेको थियो। पील रिजनल पुलिसले उनलाई गत वर्ष ‘कम्युनिटी एम्बासडर’ को रूपमा पनि चयन गरेको थियो ।

निर्वाचनमा समर्थन

नेपाली समुदाय मात्र नभई अन्य क्यानाडियन समुदायबाट पनि विजय पौडेललाई व्यापक साथ र समर्थन मिलिरहेको छ ।

(Picture Credit : Bijay Paudel Facebook Page)

सम्बन्धित खबर

Scroll to Top