Friday, 6 March, 2026 10:19 PM
Friday, 6 March, 2026 10:19 PM

प्रधानमन्त्री मार्क कर्नीद्वारा आकस्मिक रूपमा संघीय निर्वाचनको घोषणा

प्रधानमन्त्री मार्क कर्नीद्वारा आकस्मिक रूपमा संघीय निर्वाचनको घोषणा

टोरन्टो, क्यानाडा

क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले सनिवार, मार्च २२ मा आकस्मिक रूपमा संघीय निर्वाचनको घोषणा गरेका छन्।अमेरिकाका प्रधानमन्त्री डोनाल्ड ट्रम्पसँगको तनावको प्रतिक्रिया स्वरूप प्रधानमन्त्री कर्नीले पदभार सम्हाल्ने बित्तिकै आकस्मिक रूपमा संघीय निर्वाचनको घोषणा गरेका हुन्। संघीय निर्वाचनको मिति अप्रिल २८, २०२५ तोकिएको छ ।

प्रधानमन्त्री कर्नीले अमेरिकासँग बढ्दो तनावको सामना गर्न जनताबाट जनमत लिन चाहेका कारण चुनावको निर्णय लिएको बताइएको छ।

हालै प्रधानमन्त्री ट्रम्पले क्यानाडेली वस्तुहरूमा ठूलो मात्रामा भन्सार शुल्क बढाउने धम्की दिएका थिए भने क्यानडालाई ५१औं राज्य बनाउने विचार सार्वजनिक रूपमा व्यक्त गरेका थिए।

यस चुनावले क्यानडा र अमेरिकाबीचको सम्बन्ध तथा राजनीतिक अवस्थामा समेत ठूलो परिवर्तन ल्याउने अनुमान गर्न सकिन्छ।

(Photo Credit: Mark Carney Fb-Profile)

सम्बन्धित खबर

Scroll to Top