Thursday, 12 June, 2025 3:12 PM
Thursday, 12 June, 2025 3:12 PM

ब्र्याम्पटनमा लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लब द्वारा ‘नेपाल महोत्सव २०२५’ आयोजना हुँदै, नेपाली सांस्कृतिक धरोहरको उत्सव

ब्र्याम्पटन, क्यानडा
नेपाली संस्कृति, कला र परम्पराको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबले ‘नेपाल महोत्सव २०२५’ आयोजना गर्न लागेको छ। आगामी जुलाई ६ (आइतवार) का दिन गेज पार्क, ४५ मैन स्ट्रिट साउथ, ब्र्याम्पटन मा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

१२ बजे दिउँसोदेखि ९ बजे रातिसम्म सञ्चालन हुने यस कार्यक्रममा नेपाली सांस्कृतिक झल्को दिने विविध प्रस्तुतीहरू रहनेछन्। कार्यक्रममा परम्परागत संगीत, सांस्कृतिक नृत्य, झाँक्री तथा लाखे नाच, नेपाली खाना, हस्तकला, लगायतका विविध आकर्षणहरू समावेश गरिएका छन्।

कार्यक्रमको विशेष आकर्षणको रूपमा प्रसिद्ध नेपाली गायक/गायिकाको विशेष प्रस्तुति रहनेछ, साथै स्थानिय कलाकारहरूको पनि बहुप्रतीक्षित प्रस्तुति हेर्न पाइनेछ।प्रवेश निःशुल्क रहेको यस कार्यक्रममा निःशुल्क पार्किङको समेत व्यवस्था गरिएको छ। आयोजक संस्थाको तर्फबाट सबै नेपाली समुदाय र अन्तर्राष्ट्रिय सहभागीहरूलाई निमन्त्रणा गरिएको छ।

कार्यक्रमको आयोजनामा लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लब सक्रिय रहेको छ। आयोजकले नेपाली संस्कृति प्रवर्द्धन गर्दै विदेशमा नेपाली समुदायको एकता बलियो बनाउने उद्देश्यले यो महोत्सव आयोजना गरिएको जानकारी दिएका छन्

सम्बन्धित खबर

Scroll to Top