Friday, 6 March, 2026 11:18 PM
Friday, 6 March, 2026 11:18 PM

मेन्स रुम रीलोडेड क्यानडा फुटसल टुर्नामेन्ट सम्पन्न, कट्टा एफसी विजयी

टोरन्टो, अगस्ट २३ – नर्थ योर्कस्थित लालीगा फुटसल कोर्टमा शनिबार सम्पन्न मेन्स रुम रीलोडेड क्यानडा (MRR Canada) फुटसल टुर्नामेन्ट २०२५ उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

यसपटकको प्रतियोगितामा ४० जना खेलाडीहरूले विभिन्न पोजिसनमा दर्ता गरेर भाग लिए। खेलाडीहरूलाई लक्की ड्र प्रणालीमार्फत चार टोलीमा विभाजन गरिएको थियो। दिउँसो १२ बजे सुरु भएको खेल बेलुकी ७ बजेसम्म रोमाञ्चक प्रतिस्पर्धाका साथ सम्पन्न भयो।

कट्टा एफसीको उत्कृष्ट प्रदर्शन
प्रतियोगितामा कट्टा एफसी (Katta FC) विजेता बनेर चम्कियो। विजेता टोलीले नगद $१,५००, कप र स्वर्ण पदक प्राप्त गर्‍यो। उपविजेता बनेको खुकुरी युनाइटेड (Khukuri United) ले नगद $६०० र रजत पदक हात पार्‍यो।

आयोजकको भनाइ
आयोजक सुदर्शन सापकोटाले भने,
“यो टुर्नामेन्ट केवल खेल नभई युवाबीचको भाईचारा, सामुदायिक सम्बन्ध र आपसी सहयोगलाई जोड्ने पुल हो। भविष्यमा यसलाई अझ ठूलो स्तरमा आयोजना गर्ने हाम्रो योजना छ।”

सामाजिक समूहबाट खेलकुदसम्मको यात्रा
मेन्स रुम रीलोडेड (MRR) कुनै दर्ता गरिएको संस्था नभई सामाजिक फेसबुक समूह हो, जसले “Simply Networking” भन्ने मूल मन्त्रसहित नेपाल र क्यानडामा समान रूपले लोकप्रियता कमाएको छ।

यस समूहले विगतमा हाइकिङ, रक्तदान, ढाका टोपी दिवसजस्ता कार्यक्रमहरू आयोजना गरिसकेको छ। यस वर्षदेखि फुटसल प्रतियोगितालाई पनि आफ्नो गतिविधिमा समेट्दै समूहले युवाबीच खेलकुदको आकर्षण बढाउने मात्र नभई सामुदायिक एकता र नेपाली पहिचानलाई अझ मजबुत बनाउने विश्वास लिएको छ।

सम्बन्धित खबर

Scroll to Top