Thursday, 24 April, 2025 7:21 PM
Thursday, 24 April, 2025 7:21 PM

विश्वका धनाढ्य बिल गेट्स ले किन आफ्ना छोराछोरी को लागि १% मात्र सम्पत्ति छोड्ने ?

बिल गेट्स ले पछिल्लो समय देखि नै अफ्नो छोराछोरी ले अधिकांश सम्पत्ति नपाउने बताउँदै आएका छन्। माइक्रोसफ्ट का सहसंस्थापक बिल गेट्स अफ्ना छोरा छोरी लाई सारा सम्पत्ति नछोड्ने योजना बनाएका एक धनाढ्य मा पर्छन्।

उनका अनुसार, उनको पूर्व पत्नी मेलिन्डा र उनका ३ छोराछोरी ले उनको सम्पत्ति को थोरै अंश मात्र पाउने छन्। बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्स को २७ बर्षको वैवाहिक सम्बन्ध बाट ३ जना छोरा छोरी छन्। बिल गेट्स का तीन छोराछोरी को नाम जेठी छोरी जेनिफर, माहिलो छोरा रोरी र कान्छी छोरी फोबी हुन्।

यो जोडी २०२१ मा सम्बन्ध बाट अलग भएको थियो भने पनि यी जोडी ले आफ्ना ३ बच्चा को हाई स्कूल नसकुन्जेल सम्म सम्बन्ध विच्छेद गरेका थिएनन्।

बिल गेट्स को सम्पत्तिको १% पनि १ बिलियन अमेरिकी डलर भन्दा बढी हो।ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्स का अनुसार बिल गेट्स को कुल सम्पत्ति १५५ बिलियन डलर अनुमान गरिएको छ।

बिल गेट्स सबै सम्पत्ति छोराछोरी लाई दिनु गल्ती हो भन्छन् त्यसैले उनको अधिकांश सम्पत्ति परोपकार मा जाने बताएका छन्।

 

सुरज चौधरी

फोटो: बिल गेट्सको फेसबुक पेजबाट।

सम्बन्धित खबर

Scroll to Top