ब्राम्प्टन, क्यानाडा
क्यानडामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै सौन्दर्य, प्रतिभा, र सांस्कृतिक पहिचानको भव्य प्रदर्शन गर्नका लागि मिस एण्ड मिसेस नेपाल क्यानाडा २०२५ (MISS & MRS. NEPAL CANADA 2025) आयोजना हुने भएको छ। नेपालीज क्यानाडियन पेजेन्ट इन्क. र WESDO क्यानाडा को सहकार्यमा हुने यो प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनाले अप्रिल १९ मा ५१० डियरहर्स्ट ड्राइभ, ब्र्याम्पटन मा सम्पन्न हुनेछ।
यस सौन्दर्य प्रतियोगिताले नेपाली महिलाहरूलाई आत्मविश्वास बढाउने, नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्ने र आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। साथै, क्यानडामा रहेका नेपाली समुदायलाई एकताको सुत्रमा बाँध्न तथा नेपाली कला, संस्कृति, र परम्परालाई प्रवर्द्धन गर्न यो एक महत्वपूर्ण मञ्च हुनेछ।
विजेताहरूले नायग्रा क्यानडा इन्टरनेशनल फिल्म फेस्टिभल मा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्, जसमा रेड कार्पेट एक्सेस समेत समावेश हुनेछ।साथै, प्रतियोगिताका सबै सहभागीहरूलाई विभिन्न व्यावसायिक परामर्श र कार्यशालाहरू मार्फत सीप विकास गर्ने अवसर प्रदान गरिनेछ, जसले उनीहरूको व्यक्तिगत तथा व्यावसायिक जीवनमा थप सफलता दिलाउनेछ।
सौन्दर्य, कला, संस्कृति, र सामाजिक उत्तरदायित्वको संगम हुने यो प्रतियोगिताले नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मात्र नभई, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा र पहिचानलाई उजागर गर्ने अवसर प्रदान गर्नेछ।
(Photo Credit- Chanda Shrestha Fb Profile)