टोरन्टो, क्यानडा
नेपाली सांस्कृतिक धरोहर र विविधताको उत्सवस्वरूप आगामी अगस्ट ९, २०२५ मा टोरन्टोको प्रमुख स्थान नाथन फिलिप्स स्क्वायरमा ‘हिमालयन मेला २०२५’ आयोजना हुने भएको छ। यस भव्य कार्यक्रमको आयोजना नेपाली कनेडियन कम्युनिटी सर्भिसेस (NCCS) ले गर्न लागेको हो।
हरेक वर्षको झैँ यस वर्ष पनि मेलाले नेपाली कला, संस्कृति, संगीत, नृत्य, खाना र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। हिमालय क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदा प्रस्तुत गर्ने यो मेला टोरन्टोमा बसोबास गर्ने नेपाली समुदायको मात्र नभई, अन्य जाति समुदायका लागि समेत एक महत्वपूर्ण सांस्कृतिक अवसर बन्ने अपेक्षा गरिएको छ।
नेपाली लोकसंगीतका चर्चित एबं लोकप्रिय गायक खेम सेन्चुरीले १७औं हिमालयन मेला २०२५ मा प्रस्तुति दिने भएका छन्। कार्यक्रममा नेपाली सांगीतिक प्रस्तुति, परम्परागत तथा आधुनिक नृत्य, सांस्कृतिक झाँकीहरू, हस्तकला प्रदर्शनी तथा नेपाली परिकारहरूको स्वाद लिन पाइनेछ। यस मेलाले नेपाली संस्कृतिको पहिचान क्यानाडाली समाजमा अझ मजबुत रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।
कार्यक्रम निःशुल्क प्रवेशयुक्त हुनेछ र सबै उमेर समूहका सहभागीहरूका लागि खुला रहनेछ। आयोजक NCCS ले सबैलाई ‘Excitement is rising and we want YOU in!’ भन्ने नारा सहित सहभागी हुन आह्वान गरेको छ।
मेलामा सहभागी हुन आउनेहरूले नेपाली संस्कृति, संगीत र खानाको स्वाद लिंदै रमाइलो वातावरणमा नयाँ सम्बन्धहरू बनाउन र विविध सांस्कृतिक अनुभव लिन पाउनेछन्।यदि तपाईं टोरन्टोमा हुनुहुन्छ भने, अगस्ट ९, २०२५ को दिन खाली राख्नुहोस् यो दिन नेपाली संस्कृतिको उज्यालो, विविधता र उत्सवले भरिनेछ।
Picture Credit: NCCS