मिस एन्ड मिसेस नेपाल क्यानडा २०२५ को ग्रान्ड फिनाले-सौन्दर्य, सशक्तिकरण र सांस्कृतिक गर्वको अविस्मरणीय साझ
ब्राम्पटन, ग्रेटर टोरोन्टो , अप्रिल २०, २०२५
अप्रिल १९, २०२५ शनिवारका दिन स्प्रान्जा बैंक्वेट हल मा सम्पन्न भएको मिस एन्ड मिसेस नेपाल क्यानडा २०२५ को ग्रान्ड फिनाले सौन्दर्य, सशक्तिकरण र सांस्कृतिक गर्वको उत्सव रुपमा सम्पन्न भयो । सो अवसरमा मिस नेपाल क्यानडा २०२५ अनु सुवेदी र मिसेस नेपाल क्यानडा २०२५ मेघना गजमेर लाई औपचारिक रूपमा ताज पहिराइयो।
नेपालिज क्यानाडियन ब्यूटी पेजेन्ट इन्क. र वुमन एजुकेसन एण्ड स्किल डेभलपमेन्ट अर्गनाइजेशन (WESDO) को सहकार्यमा आयोजित यस कार्यक्रमले क्यानडाभरिबाट छानिएका फाइनलिस्टहरूलाई एउटै मंचमा प्रस्तुत गर्यो । उनीहरूले परम्परागत पोशाक, प्रतिभा प्रदर्शन, साँझको गाउन शो र गम्भीर प्रश्नोत्तर सत्रजस्ता विभिन्न चरणमा प्रतिस्पर्धा गरे।
यस कार्यक्रमले नेपाली-क्यानाडेली महिलाहरूको शक्ति, बौद्धिकता र सांस्कृतिक सम्पदालाई उजागर गर्दै, सौन्दर्य मात्र होइन, उद्देश्य र आत्मबलको प्रदर्शन गर्यो।
ताज पहिरिएपछि मिसेस मेघना गजमेरले आभार व्यक्त गर्दै भनिन् “म नेपाली महिलाहरूको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छु, जो परम्परा, लक्ष्य र परिवारको सन्तुलनलाई सहजताका साथ अगाडि बढाउँछन् ” यसै गरि ताज पहिरिएपछि मिस नेपाल क्यानडा २०२५ अनु सुवेदीले भनिन् “यो उपाधी जित्नु केवल ताज पाउनु मात्र होइन, यो हाम्रो समुदायलाई अघि बढाउने र अन्य महिलाहरूलाई प्रेरणा दिने जिम्मेवारी पनि हो,”
मिस क्याटेगोरीकी फर्स्ट रनर–अप प्रशंसा भट्ट र मिसेस क्याटेगोरीकी फर्स्ट रनर–अप मन्जु बस्नेत लाई आत्मविश्वासका लागि निर्णायक मण्डल तथा दर्शकहरूले प्रशंसा गरे ।
👑👑 मिस एन्ड मिसेस नेपाल क्यानडा २०२५ का विजेताहरु
Miss Nepal Canada 2025: अनु सुवेदी (Halifax)
Mrs. Nepal Canada 2025: मेघना गजमेर (Caledon)
👑 पहिलो रनर–अपहरू:
Miss Category: प्रशंसा भट्ट
Mrs. Category: मन्जु बस्नेत (London)
👑 दोश्रो रनर–अपहरू:
Miss Category: स्वर्णपरी श्रेष्ठ (Yellowknife)
Mrs. Category: प्रतिक्षा कुँवर (Scarborough)
💖 People’s Choice Award: पुष्पाञ्जली आचार्य (Brampton)
🎖️ उपशीर्षक विजेता:
- Catwalk Queen: अनु सुवेदी
- Eloquent Queen: मन्जु बस्नेत
- Congeniality Queen: सुदिक्ष्या शर्मा
- Best Cultural Dress: प्रशंसा भट्ट
- Queen of Confidence: स्वर्णपरी श्रेष्ठ
- Social Impact Queen: अनु सुवेदी
- Photogenic Queen: प्रतिक्षा कुँवर
- Queen of Inspiration: पुष्पाञ्जली आचार्य
- Queen of Kindness: मेघना गजमेर
- Queen of Wisdom: सरिता पन्त
- Queen of Elegance: पुष्पा लाछिमस्यु
यो साँझमा सांस्कृतिक प्रस्तुति, मनछुने भाषणहरू र फेसन, व्यवसाय तथा समुदाय क्षेत्रका प्रतिष्ठित निर्णायकहरूको उपस्थिति देख्न पाइयो ।
अब विजेताहरूले नेपाली-क्यानाडेली समुदायको प्रतिनिधित्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्नेछन्, साथै आगामी वर्षमा विभिन्न सामाजिक कार्यहरू तथा सशक्तिकरण अभियानहरूमा सक्रिय सहभागी हुनेछन्।
फोटो : नेपालिज क्यानाडियन ब्यूटी पेजेन्ट इन्क