शनिबार, १ चैत २०८१ | Saturday, 15 March, 2025 1:15 PM
शनिबार, १ चैत २०८१ | Saturday, 15 March, 2025 1:15 PM

क्यानडाको जाडो यामको हिउँ – मेरो अनुभव

क्यानडाको जाडो यामको हिउँ – मेरो अनुभव

एक बिहान, म उठेँ र बाहिर हेरें, सबै सेतो हिउँले ढाकिएको थियो। म सोचें, “हिउँमा हिँड्न कति गाह्रो पो हुन्छ र ?” मैले आफूलाई मोटो मोटो लुगा लगाएर माशमेलो जस्तै बनाएँ, जुत्ता लगाएँ र आत्मविश्वासका साथ बाहिर निस्किएँ।

पहिलो दुई पाइला चाल्दै गर्दा नै म घिस्रिएर पछारिएँ। “कोही देखेन होला” भन्ने आशमा म उठेँ। तर, त्यहाँ मेरो छिमेकी हिउँ हटाउँदै थिए र उनले मलाई मुस्कुराउँदै भने, “Welcome to Canada, Buddy”.

मैले हार मान्न चाहिनँ। म टिम होर्टन्स (क्यानडाको प्रख्यात कफी सप) जान हिँडेँ। हिउँमा पेंगुइन जसरी हिँड्दै गर्दा मलाई आफ्नो सन्तुलनमा गर्व लागिरहेको थियो। तर, अचानक हावा चल्यो, र मेरो मेरो मफलर उडेर गयो। म त्यसलाई समात्न दौडिएँ, तर त्यसै क्रममा म बरफमा चिप्लिए । त्यो क्षणमा म आफैंलाई ओलम्पिक फिगर स्केटरको रुपमा महसुस गरें तर …

जसो तसो टिम होर्टन्स पुगें, तातो कफी लिएँ। तर बाहिर निस्किने बित्तिकै फेरि चिप्लिएँ, कफीको कप उठाए, मेरो कफी आधा हिउँमा आधा कपमा । त्यो दिन म पाँच पटक पछारिएँ, आफ्नो इज्जत गुमाएँ ।

यो मेरो पहिलो पटक क्यानडाको जाडो अनुभव थियो, र म हिउँ देखेर निकै उत्साहित थिएँ। तर हिउँसँग केही “क्यानाडियन ट्रिकहरू” लुकेका रहेछन्, जुन म थाहा नपाएर हिँडेछु।😅

Photo : Avijit Singh-pexels-11289201

सम्बन्धित खबर

Scroll to Top