लन्डन,अन्टारियोमा
लन्डन नेपाली समुदाय (Nepalese Community of London – NCL) अन्टारियोले अप्रिल ६, २०२५ शनिबार Siloam United Church, लन्डन, अन्टारियोमा एक सफल आप्रवास (Immigration) सेमिनार आयोजना गर्यो। कार्यक्रम दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालन भयो र यसमा नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी, अस्थायी बासिन्दा, र भरपर्दो आप्रवास (Immigration) मार्गदर्शन खोज्ने नयाँ आगन्तुकहरूको उत्कृष्ट उपस्थिति देखियो।
सेमिनारको प्रमुख आकर्षण भनेको Aayam Immigration का Regulated Canadian Immigration Consultant (RCIC) अशोक पौडेलले स्थायी आवासका लागि मार्गहरू, काम र अध्ययन अनुमतिहरू, र क्यानाडेली आप्रवास नीतिमा हालैका परिमार्जनहरूबारे आफ्नो ज्ञान उदारतापूर्वक साझा गर्नुभयो। श्री पौडेलसँगको प्रस्न – उत्तर सत्रले सहभागीहरूलाई आफ्ना व्यक्तिगत आप्रवासन जिज्ञासाहरूमा स्पष्टता ल्याउन मद्दत पुर्यायो।
यस कार्यक्रमको उद्देश्य समुदायलाई सही, अद्यावधिक जानकारीमार्फत सशक्त बनाउनु थियो, र यसलाई अत्यन्तै सकारात्मक प्रतिक्रियासहित सम्पन्न गरिएको थियो।
प्रायोजकहरू :
- अच्युत दुलाल – वित्तीय सहायक
• अनिल घले – नमो बुद्ध इभेन्ट्स
• अंकिता – स्मूथी स्पट
• ढाका तिवारी – रियल स्टेट
• धर्मेन्द्र कुमाल – हक्का कल्चर र मम हब
• हेमराज पाण्डे र पूर्णिमा न्यौपाने – रियल स्टेट, बिमा, र लगानी
• हरि थापा – बोस्टन पिज्जा
• शर्मिला तामाङ – हाम्रो इभेन्ट्स
• सरोज खड्का र भीमा – नेपाली बजार
• राजेश महर्जन – न्यू मेथड ड्राइभिङ स्कूल
• सतीश डाँगी – रियल स्टेट र रेनोभेसन
• उदय दुरा – NPRC अध्यक्ष
समाचार सहयोगी : Lhawang Lama, Himanshu Thakuri