भ्यानकुभर, क्यानडा
क्यानडाको भ्यानकुभर शहरमा फिलिपिनो समुदायद्वारा आयोजित सडक महोत्सवका क्रममा कार भीडमा जोतिँदा प्रहरीका अनुसार ११ जना मानिसले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन्।
आयोजित ‘लापु लापु डे’ उत्सवका दौरान अचानक एक कारले भीडमा प्रवेश गरी ठक्कर दिँदा ठूलो मानवीय क्षति भएको छ। घटनाको अनुसन्धान जारी रहेको र आवश्यक विवरण चाँडै उपलब्ध गराइने प्रहरीले जनाएको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनापछि सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा पोस्ट गर्दै यसलाई ‘भयानक’ भनेका छन् र आफू यो घटनाबाट ‘गहिरो निराश’ भएको उल्लेख गरेका छन्।प्रहरीका अनुसार, ब्रिटिश कोलम्बियाका ३० वर्षीय पुरुषकाई-जी एडम लो लाई घटनास्थलबाट प्रहरीले पक्राउ गरिएको छ र प्रारम्भिक अनुसन्धान थालिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा सडकमा लडिरहेका मानिसहरू र भीडमा जोतिएको कारको अगाडिको भाग क्षतिग्रस्त अवस्थामा देखिएको छ। उक्त कार घटनास्थल नजिकै रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीय निकायहरू अहिले घटनाको सबै पक्षको गहिरो अनुसन्धानमा जुटिरहेका छन्।
– सुरज चौध
Picture credit-Jim-Diodati Facebook Page