Thursday, 5 March, 2026 7:54 PM
Thursday, 5 March, 2026 7:54 PM

क्यानडामा नेपाल फेस्टिभ​ल हजारौ दर्शकहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न

२०२५ जुलाई ६ ब्र्याम्पटन, क्यानडा
नेपाली संस्कृति, कला र परम्पराको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबले आयोजना गरेको  – नेपाल फेस्टिभल क्यानडा २०२५ हजारौ दर्शकहरुको उपस्थितिमा २०२५ जुलाई ६, आइतबारको दिन, ब्राम्पटन शहरको मुटुमा रहेको गेज पार्क भब्य रुपमा सम्पन्न भयो ।

कार्यक्रमको मञ्चमा विभिन्न जातजातीको लोक नृत्य, आधुनिक नृत्य तथा सांगीतिक प्रस्तुतीहरूले दर्शकलाई मन्त्रमुग्ध बनाए । चर्चित नेपाली गायिका शान्ति श्री परियार तथा स्थानिय कलाकारहरुको प्रत्यक्ष प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन दियो ।

मोमो, सेलरोटी, सुकुटी लगायत विविध स्वादका नेपाली परिकारहरू खान दर्शकको घुइचो देखिन्थ्यो । नेपाली पहिरन, चित्रकला, पुस्तक, हस्तकला तथा संस्कृतिक सामग्रीहरू प्रदर्शन गरिएको स्टलहरू जानकारी मूलक मात्र नभई सौन्दर्यले भरिएका थिए । साथै, विभिन्न सामाजिक संस्था तथा आप्रवासी सहयोग केन्द्रहरूद्वारा सूचना स्टलहरू राखिएका थिए। बच्चाहरूका लागि खेलकुद राखिएका थिए । कार्यक्रममा ब्राम्पटन जनप्रतिनिधि, तथा विभिन्न सामुदायिक संघसंस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो। उनीहरूले क्यानडाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गरे ।

       

लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका प्रेसिडेन्ट कृजल अधिकारीले ले सम्पूर्ण स्वयंसेवक, प्रायोजक, कलाकार, सहभागीहरू र दर्शकहरूप्रति हार्दिक आभार प्रकट गर्नुका साथै आगामी बर्षहरुमा पनि यसलाई मनाउदै लैजाने प्रतिबध्यता ब्यक्त गरे । उक्त कार्यक्रमको स्टेजमा भुमिराज घिमिरेको सकृयता देखिन्थ्यो

नेपाल फेस्टिवल क्यानडा २०२५ ले क्यानडामा बसोबास गर्ने नेपाली समुदायलाई एकै ठाउँमा भेला गराउँदै, आफ्नै मौलिक पहिचानको झल्को दिलायो । यो उत्सवले नेपाली समुदायलाई एकत्रित मात्र होइन, विदेशको भूमिमा नेपाली पहिचान बनाउने र नेपाली संस्कृति र मूल्यलाई क्यानडाको मुख्यधारासँग जोड्न प्रयास गरेको महसुस भयो । गेज पार्कमा गुञ्जिएको नेपाली गीत, नृत्य र हर्षोल्लास खानाको स्वाद र नेपाली समुदायको सहभागिताले सहभागीहरूलाई पुन एकपटक नेपालको झझल्को आयो ।

सम्बन्धित खबर

Scroll to Top